दैनिकी लेख्‍ने हैन त?

के तपाई दैनिकी लेख्ने गर्नुहुन्छ? लेख्नुहुन्छ भने के तपाई डायरीमा लेख्नुहुन्छ वा कम्प्युटरमा? डायरीमा लेख्नुहुन्छ भने कतिवटा डायरीमा लेखिसक्नु भयो? सबभन्दा पहिलो डायरी अझै पनि तपाईसँग छ त? छ भने कत्तिको सुरक्षित छ? ’cause त्यसमा दैनिकी लेख्ने क्रममा कतिपय नितान्त व्यक्तिगत कुराहरु पनि लेख्नु भएको होला। यदि ती डायरी कसैको हातमा परयो भने? अथवा कतै हरायो भने? त्यत्रो दु:खले लेखेको दैनिकी, पक्कै पनि तपाईलाई रुन मन लाग्ला नि?

त्यस्तै यदि तपाई आफ्नो दैनिकी कम्प्युटरमा लेख्नुहुन्छ भने कुन सफ्टवेयर प्रयोग गर्नुहुन्छ? के त्यो सफ्टवेयर सबै संचालन प्रणालीहरुमा चलाउन मिल्छ? कि सिधै माइक्रोसफ्ट वर्डमा लेख्ने गर्नुभएको छ? जसरी जेमा लेखे पनि कम्प्युटरमा भएका तपाईका ती दैनिकीहरुलाई क्रमागत रुपमा पढ्न मिल्छ? तपाईले गत हप्ता शुक्रबार के लेख्नुभएको थियो? पोहोर साल आजकै दिन दैनिकीमा के लेख्नुभएको थियो? यस्ता कुरा कति सजिलै हेर्न सक्नुहुन्छ? फेरि तपाईको कम्प्युटरमा भएका तपाईका दैनिकीहरु कत्तिको सुरक्षित छन्? अरु कसैले तपाईको कम्प्युटर चलाउँदा पढिदिने पो हुन् कि? अथवा तपाईको कम्प्युटरको हार्डडिस्क नै बिग्रियो भने के गर्ने? बेलाबखत पेनड्राईभ, सिडि आदिमा व्याकअप गर्ने गर्नुभएको छ? अनि ती व्याकअपहरु पनि कति सुरक्षित छन् त। ती पनि खराव व्यक्तिको हात लाग्न सक्छन्। अथवा ती पनि बिग्रन सक्छन् नि त।

यदि तपाई दैनिकी नै लेख्नुहुन्न भने त समस्यै भएन। तर लेख्नेहरुको लागि त माथिका कुराहरु समस्यै जस्तै त हुन् नि। दैनिकी नलेख्नेहरुलाई पनि मेरो सुझाव, तपाई आजैदेखि दैनिकी लेख्न सुरु गर्नुहोस्। लेख्न सुरु गर्दा माथि भनिएका झमेला, अवश्य आइपर्न सक्छन्। त्यसैले तपाईहरु सबैलाई म आफूले प्रयोग गर्दै आएको दैनिकी लेख्ने एउटा वेबसाईटको ’boutमा छोटो जानकारी दिन चाहन्छु।

त्यो हो 280daily.com जहाँ तपाईले नि:शुल्क र सशुल्क खाता खोल्न सक्नुहुनेछ। यी दुईमा खासै अन्तर नभए पनि एउटा मुख्य फरक भनेको टाईप गर्न मिल्ने जम्मा अक्षर सङ्ख्या हो। नि:शुल्क खातावालाले आफ्नो हरेक दिनको दैनिकीलाई २८० अक्षरमा नबढाई लेख्नुपर्ने हुन्छ भने त्यहीं सशुल्क खातावालालाई त्यो प्रतिबन्ध लागू हुने छैन अर्थात उनीहरुले असिमीत अक्षर लेख्न पाउनेछन्। तर। तर नि:शुल्क खातावालासँग आफ्नो २८० अक्षरलाई बढाउने दुई प्रमुख विकल्पहरु छन्। पहिलो – साथीहरुलाई 280daily को ’boutमा सिफारिस गर्ने र यदि उनीहरुले पनि नि:शुल्क खाता खोलेमा प्रति महिना प्रति साथी तपाईले थप २५० अक्षर प्राप्त गर्नुहुनेछ। दोस्रो पनि प्रक्रिया सिफारिस गर्ने नै हो तर यदि साथीले सशुल्क खाता खोले भने तपाईले स्वत: सशुल्क खाताको सेवामा बढोत्तरी पाउनुहुनेछ।

हुन त एउटा पुरै दिनको दैनिकी २८० अक्षरमा लेख्न के नै सम्भव होला र? तर जसरी ट्वीटरको मज्जा १४० अक्षरमा छ, त्यसैगरी 280daily को विशेषता पनि २८० अक्षरको सिमीततामा छ। पुरै दिनको घटनाक्रमहरुलाई २८० अक्षरमा लेख्नु पनि एउटा सिप हो। यही सिपको विकास गर्न यसले तपाईलाई मद्दत गर्नेछ। मेरो व्यक्तिगत अनुभवमा पनि यसो गर्न सम्भव छ। कहिलेकाहीं अलिक धेरै घटनाक्रम भईहाले पनि त्यसलाई तपाईले साथीहरुलाई सिफारिस गरेवापत प्राप्त हुने थप अक्षरद्वारा पूर्ति गर्न सक्नुहुन्छ। अझ भनौं तपाई यस मामिलामा अलि गम्भीर नै हुनुहुन्छ भने तपाईले सशुल्क खाता पनि लिन सक्नु हुन्छ।

280daily को अन्य विशेषताहरु भनेको यसमा तपाईले लेख्नुभएको कुराहरु नितान्त गोप्य र सुरक्षित रहनेछन्। तपाईको दैनिकी तपाई बाहेक अरु कसैले पनि हेर्न सक्ने छैनन्। ’cause हरेक इन्ट्रीलाई इन्क्रिप्ट गरिएको हुन्छ। तपाईले पनि आफ्नो पासवर्ड भुल्नुभयो भने अर्को विकल्प छैन। त्यसैगरी 280daily मा भएका तपाईका दैनिकीहरुलाई तपाईले कुनै पनि बेला PDF फाइलको रुपमा डाउनलोड गर्न सक्नुहुनेछ। त्यसबाहेक तपाईले आफ्नो सम्पूर्ण दैनिकीहरुको ’boutमा विभिन्न विश्लेषणात्मक तथ्याङ्कहरु र त्यस सम्बन्धी रिपोर्ट पनि हेर्न सक्नुहुनेछ।

280daily बाहेक दैनिकी लेख्नलाई अरु पनि थुप्रै वेबसाइटहरु छन्। तीमध्ये केही हुन् – 750words.com, penzu.com। 750words ले तपाईलाई हरेक दिन ७५० शब्दसम्म कुनै पनि विषयमा लेख्न प्रोत्साहित गर्छ। यसमा दैनिकी नै लेख्नुपर्छ भन्ने छैन। त्यस्तै penzu.com पनि दैनिकी लेख्नलाई राम्रै छ तर यसको मुख्य दुईवटा कमजोरी छन्। पहिलो, बितेको दिनको लागि लेख्न सकिंदैन र दोस्रो आफ्नो दैनिकीहरुलाई PDF मा डाउनलोड गर्ने सुविधा सशुल्क सेवामा मात्रै उपलब्ध छ। मेरो व्यक्तिगत रोजाइ चाहिं 280daily नै हो। तपाई आफ्नो आवश्यकता बमोजिम कुनै एक प्रयोग गर्न सक्नुहुन्छ। तर दैनिकी लेख्ने बानी अवश्य बसाउनुहोला।

Advertisements

Date Converter App for Ubuntu

Ever since i migrated to Ubuntu Linux from Windows, I’d been looking for a date converter application. The best I found were all web-based apps. So, I decided to write one by myself. And, now I have a date converter application on my Ubuntu 12.04.

If you are using Ubuntu 12.04 and looking for a date converter application, you can install my application as follows.

sudo apt-add-repository ppa:beejoy/dateconverter
sudo apt-get update
sudo apt-get install dateconverter

Once, the installation is complete, you can run the date converter from the Unity Application Lens. Just type ‘date’ in the Application Lens search bar, it will show you a couple of icons along with date converter application (which has a Nepali flag icon).

अंकबाट अक्षरमा रुपान्तर

मलाई एक्सलमा काम गर्दा सधैं आईपर्ने एउटा झन्झट भनेको अंकमा भएको रकमलाई अक्षरमा लेख्नु हो। अफिसमा कुनै कामको ठेक्का सम्झौता पत्र तयार गर्नुपर्दा ठेकेदारले कबोल गरेको दररेटको रकमलाई अक्षरमा एक-एक गरी टाईप गर्न खासै समय नलागे पनि झन्झटिलो लाग्छ मलाई त्यो काम। त्यसैले म अंकलाई अक्षरमा बदल्ने एक्सल एड-ईनको खोजीमा थिएँ। गुगलमा सर्च गर्दा खेरि एउटा भारतीय बन्धुले तयार गरेको एड-ईन त फेला पर्‍यो, तर त्यसले भारतीय ढाँचामा बदल्दो रहेछ (जस्तै Paisa लाई Paise)। त्यसैले मैले आफै एड-ईन कोडिङ्ग गर्ने विचार गरें। धेरै पहिले त्यस्तै कामको लागि भनेर मैले भिजुअल बेसिक ६ मा एउटा सानो प्रोग्राम बनाएको थिएँ। माइक्रोसफ्ट अफिसमा VBA बाट कोडिङ्ग गर्न मिल्ने भएकोले मैले त्यही भिजुअल बेसिकको कोडलाई संशोधन गरेर आफ्नो आवश्यकतानुसारको एड-ईन तयार पारें। अहिले मलाई आनन्द भएको छ। अंकलाई अक्षरमा बदल्नु पर्‍यो भने बस एउटा फङ्कसन कल गरिदिए पुग्छ।

यदि तपाईहरुलाई पनि त्यस्तै आवश्यकता छ भने उक्त एड-ईन डाउनलोड गरेर प्रयोग गर्नसक्नु हुनेछ।

डाउनलोड लिङ्कहरु :-

एक्सल २००७ को लागि यहाँ क्लिक गर्नुहोस्।

एक्सल २००३ को लागि यहाँ क्लिक गर्नुहोस्।

इन्स्टल गर्ने तरिका (एक्सल २००७):-

  1. डाउनलोड गरेको एड-ईनको फाईललाई कुनै फोल्डरमा राख्नुहोस्।
  2. एक्सल सुरु गर्नुहोस् र Office Button -> Excel Options मा क्लिक गर्नुहोस्।
  3. त्यसपछि Add-Ins मा क्लिक गर्नुहोस्।
  4. अब Go बटनमा क्लिक गर्नुहोस्।
  5. त्यसपछि निस्कने बक्समा Browse बटन थिच्नुहोस् र एड-ईन फाइलको लोकेशन दिनुहोस्।
  6. अन्तमा OK मा क्लिक गर्नुहोस्।

बस एड-ईन इन्स्टल भयो। अब तपाईले एक्सलमा rswords() भन्ने नयाँ फङ्कसन पाउनुहुनेछ। यही फङ्कसनले अंकलाई अक्षरमा बदल्छ।

प्रयोग विधि :-

एड-ईन इन्स्टल गरेपछि त्यसले rsword() भन्ने नयाँ फङ्कसन उपलब्ध हुन्छ। उक्त फङ्कसन एक्सलको अन्य फङ्कसन जस्तै प्रयोग गरेर अंकलाई अक्षरमा बदल्न सकिन्छ। उदाहरणको लागि

=rsword(200) टाईप गर्नुभयो भने Rs. Two hundred only भनेर बदल्छ।

सिमितता :-

यो एड-ईनको फङ्कसनले १ देखि ९९९९९९९९९.९९ बीचको अंकलाई मात्र अक्षरमा बदल्न सक्छ। त्यो भन्दा माथिको अंकको लागि चाहिएमा कृपया कमेन्ट लेख्नुहोला है।

Have you upgraded to Ubuntu 11.10?

Python, Unicode and Windows

Lately, I had written a small date converter application in Python under Ubuntu. It worked fine. But when I run the same application under Windows (Win7) in my office computer, it didn’t work as expected. It would convert from BS to AD but not the other way. Since, I had enclosed the date conversion function call within a try-catch block, it would simply display my custom error message. After moving out the function call from the try-catch block, I noted the actual error and searched for the solution. And, found the very simple solution which is mentioned below.

The actual problem was the application was unable to render Nepali Unicode characters for the converted Nepali dates. If your python application renders Unicode characters properly under Ubuntu but not under Windows, then the solution is very easy (at least it worked for me). Just do as follows:-

Create a file called ‘sitecustomize.py‘ in the c:\python27\lib\site-packages folder (or whatever folder you’ve installed python) with the following two lines of codes.

import sys
sys.setdefaultencoding('utf-8')

जगिङ्ग रुट

झण्डै एक महिना अघिको कुरा होला एकदिन अफिस छुट्टी भएर घर फर्किने क्रममा मलाई एकदमै विसन्चो होला जस्तो महसुस भयो। तरहराबाट जंगल लागेपछि झनै शरीर गलेर आउन थाल्यो; कमजोरीपन महसुस हुँदै गयो। बाइक चलाउन पनि गाह्रो हुन थाल्यो। जति जति धरानतिर आउँदै गयो उति उति मेरो शरीर गल्दै जान थाल्यो। टाउको पनि हल्का दुख्न थाल्यो। पेट्रोल टैंकमाथि सुतेर बाइक चलाउँ झै लाग्यो। यसरी नै बल्लतल्ल घर आईपुगें। घर पुग्ने बित्तिकै बुडीलाई ‘लु मलाई त साह्रै पर्‍यो एकछिन ढल्कन्छु’ भनेर घ्वाप्लक्कै ओछ्यानमा ढल्कें। उनले के भयो भनेर सोधी; मैले पनि यसो‍-यसो भयो भनेर बताएपछि ऊ खुर्रर एकजना छिमेकी दिदी कहाँ गएर मेरो ’boutमा बेलीबिस्तार लगाईवरी प्रेसर नाप्ने यन्त्र ल्याएर आईन्। त्यतिखेर मेरो प्रेसर नाप्दा १५०/१०० देखियो जबकि सधैं मेरो प्रेसर १२०/८० मा रहने गर्थ्यो। त्यो दिन के भएर प्रेसर बढ्यो पत्तो भएन। भोलिपल्ट अस्पताल गएर डाक्टरलाई देखाउँदा, ल्याब परीक्षण गर्दा पनि सबै कुरो नर्मलै देखियो। तर डाक्टरले के चाहिं बताए भने भविष्यमा प्रेसर हाई हुन सक्ने कुराको पूर्व लक्षण अरे त्यो।

त्यो दिनदेखि मलाई बुडीले बिहान‍-बिहान मर्निङ्ग वाकमा जाने निर्देशन दिएकोले म पनि मर्निङ्ग बाक-कम-जगिङ्ग जाने गर्न थालेको छु। सुरुको केही दिन अल्छी लागे पनि अहिले भने मज्जा नै लाग्न थालेको छ। बिहानको फ्रेस हावामा वाक र जगिङ्ग गर्नुको मज्जै बेग्लै हुन्छ।

अरु केही नभए पनि स्वस्थ रहन सकिन्छ भने बिहानको एक-डेढ घण्टाको निद्रा माया मार्न कुनै गाह्रो कुरा हैन। त्यो एक‍-डेढ घण्टाको निद्रा माया मार्दा एक-डेढ वर्ष मात्रै आयु लम्बिन्छ भने पनि किन त्यसो नगर्ने हैन त? त्यसैले जगिङ्ग गरौ, स्वस्थ रहौ।

व्याकअप नहुँदा दशैंमा दशा

सामान्यतया नेपालीहरुको सावधानी अपनाउने बानी हुँदैन अर्थान् उनीहरु कुनै अप्ठेरोमा नपरेसम्म चेत्दैनन्। म पनि यही वर्गमा पर्छु, त्यसैले त नराम्ररी चेतें।

कुरा अस्ति २०६८ असोज १४ गतेको हो। बिहानसम्म राम्री चलेको कम्प्युटर बेलुका चलाउन खोज्दा बन्दै चलेन। BIOS मा हेर्दा दुईवटै हार्डडिस्क (मसँग जम्मा त्यै दुईटा हार्डडिस्क थियो) डिटेक्ट गरेको थिएन। सोंचे मदरबोर्डमा  केही खराबी भयो होला वा SATA port नै बिग्रिएको होला। हार्डडिस्कहरु त ठीकै होलान् भन्ने ठानेको थिएँ। भोलिपल्ट मर्मत केन्द्रमा लगेर चेक गर्दा त मदरबोर्ड ठीकै छ, हार्डडिस्क नै बिग्रिएको रहेछ भन्ने कुरो ठहर भयो। त्यतिखेर मलाई ठूलो झटका लाग्यो ’cause त्यो दुईटा हार्डडिस्क मध्ये एउटामा मेरो धेरै वर्षदेखिको अमूल्य डाटाहरु थियो।

त्यत्रो डाटा त्यत्तिकै जान दिनु त भएन। त्यसैले केही सीप लागिहाल्छ कि भनेर Google को शरण पर्दा एउटा अनौठेको उपाय पत्ता लाग्यो। त्यो के भने बिग्रेको हार्डडिस्कलाई फ्रिजरमा चिस्याएर चलाई हेर्ने। लौ न त ट्राई मारिहेरौं भनेर दुईटै हार्डडिस्कलाई फ्रिजरमा चिस्याएर जोडि हेरें तर अहँ डिटेक्ट नै गरेन। मध्य दशैंमा आएर मलाई ठूलै दशा लाग्यो।

दशैंको विदामा मज्जाले कम्प्युटरमा काम गरौंला भनेर भर्खरै मात्र ADSL इन्टरनेट पनि रिन्यु गरेको थिएँ तर हार्डडिस्क बिग्रेर सबै प्लान चौपट्ट भयो। त्यसपछि अर्को नयाँ हार्डडिस्क किनेर लगें र फेरि सबै प्रोग्रामहरु डाउनलोड गर्दै इन्स्टल गरें। अनि पेनड्राईभमा भएका केही रहलपहल डाटाहरु पनि नयाँ हार्डडिस्कमा कपी गरें। त्यसपछि चाहिं दुईवटा काम गरें। पहिलो काम अपरेटिङ्ग सिस्टम लगायत सम्पूर्ण सफ्टवेयर सहितको clone गरेर कस्टम डिस्ट्रिव्युसन डिभिडी बनाएँ र दोश्रो काम बचेखुचेका डाटाहरुको व्याकअप कपी बनाएँ।

यो घटनाबाट मैले सिकेको पाठ:-

कम्प्युटर हार्डवेयरको कहिल्यै पनि १००% भर नपर्नू। आफ्नो अपरेटिङ्ग सिस्टम र प्रोग्रामहरुको क्लोन अनि डाटाहरुको नियमित व्याकअप गर्ने बानी बसालौं। हाल म नयाँ सफ्टवेयर इन्स्टल गरेपछि सिस्टमको क्लोन बनाईहाल्छु र साप्ताहिक रुपमा आफ्नो /home फोल्डरको व्याकअप लिने गर्छु।

म आफ्नो कम्प्युटरमा उबन्तु १०.०४  प्रयोग गर्छु। उबन्तुमा आफ्नो अपरेटिङ्ग सिस्टम लगायत इन्स्टल गरिएका सफ्टवेयरहरुको क्लोन बनाउनको लागि Remastersys भन्ने सफ्टवेयरको प्रयोग गर्न सकिन्छ। यसरी क्लोन बनाउँदा तपाईले आफ्नो व्यक्तिगत फोल्डर सहित वा रहित क्लोन बनाउन सक्नुहुन्छ। तपाईलाई आवश्यक पर्ने सबै सफ्टवेयरहरु एकपटक इन्टरनेटबाट डाउनलोड गरिसकेपछि Remastersys प्रयोग गरेर कस्टम डिस्ट्रिव्युसन डिभिडी बनाउन सक्नुहुन्छ जसलाई भविष्यमा तपाई आफ्नो कम्प्युटर रिस्टोर गर्न वा साथीहरुलाई बाँड्न सक्नुहुन्छ।

त्यसैगरी आफ्नो डाटाहरुको व्याकअप गर्नको लागि पनि उबन्तुमा धेरै सफ्टवेयरहरु (कमाण्डलाईन र ग्राफिकल दुवै खालको) उपलब्ध छन्। त्यसमध्ये Back-In-Time एउटा हो। सामान्य प्रयोजनको लागि यो उपयुक्त हुन्छ। तपाईको आफ्नो डाटाहरुको व्याकअप पेनड्राईभ वा एक्स्टर्नल हार्डडिस्कमा गर्न सक्नुहुन्छ।

रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्नै नदिनु जाति हैन त? त्यसैले तपाई पनि आजैदेखि आफ्नो डाटाहरु नियमित व्याकअप गर्ने बानी बसालिहाल्नुस्।